काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग ३–२ सेटमा पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ असोज ।  काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएकाे छ ।

आज शुक्रवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा साउदी अरेबियाले नेपाललाई ३–२ काे सेटमा हरायाे । साउदी अरेबियाले पहिलाे सेट २५–२२, तेस्राे सेट २५–२३ र पाँचाैँ सेट १६–१४ ले जित्याे । नेपालले दाेस्राे सेट २५–२१ र चाैथाे सेट २७–२५ ले जित्याे ।

लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि शनिवार खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो ।

छ वटा टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी