काभा पुरुष भलिबल नेपार्ल उज्वेकिस्तानसँग पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ, असोज २७ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाललाई उज्वेकिस्तानसँग हराएको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हराएको हो । अघिल्लो चरणमा जानको लागि नेपालले आज उज्वेकिस्तानलाई ४ सेटको अन्तरमा हराउनैपर्ने थियो।

हारसँगै नेपाल बाहिरिएको छ । नेपालले यो प्रतियोगितामा बंगलादेशलाई हरायो भने श्रीलंका, अफगानिस्तान र उज्वेकिस्तानसँग पराजित भयो । ६ टोली सहभागी प्रतियोगितामा आयोजक श्रीलंका फाइनल पुगेको छ । फाइनल र तेस्रो स्थानको खेल भोलि हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी