विश्व कप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज नेपाल र लाओस खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं,  ३० असोज । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ ।

लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

काठमाण्डाैको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन ।

दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी