त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ कात्तिक ।  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ ।

आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे ।

हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।

यसअघि हिजाे बुधवार भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे थियाे । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियाेगिताका शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी