त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र यूएई भिड्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको
काठमाडौं,  ६ कार्तिक  । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।
प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल आज चौथो जित निकाल्ने योजनामा छ । हिजोको खेलमा हङकङलाई हराएको युएई पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।आज नेपाल विजयी भएको खण्डमा युएई र हङकङबिच कात्तिक ८ गते हुने खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।मुलपानी मैदानमा हिजो भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । डबल राउन्ड रोविनको आधारमा भइरहेको सिरिजको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल खेल्नेछन् ।

फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी