यूएईसँगको खेलमा देव खनालको शतक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ कार्तिक ।  एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि अहिले नेपाल र यूएई खेलिरहेका छन् ।

मलेसियाको बायोमासमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् । उनले  ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाए । यसअघि नेपालका अजुर्न कुमाल ५५ र दीपक बोहाेरा ५ रनमा आउट भए । आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । यो खबर तयार पार्दासम्म नेपालले ३६ ओभरको खेलमा तीन विकेट गुमाएर १ सय ८३ रन बनाएको छ ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुगेसँगै नेपाल र यूएईले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो । यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्