आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ कार्तिक । आईसीसी विश्वकप क्रिकेटमा आज बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दै छ।

दिउँसो सवा २ बजे मुम्बईका वांखडे स्टेडियममा सुरु हुने खेलमा तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले सातौं स्थानको बंगलादेशसँग खेल्न लागेको हो।

बंगलादेशले आफ्नो चारमध्ये तीन खेल हारेको छ। बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि त्यसयता सबै खेलमा पराजय बेहोरेको छ। उसले इंग्ल्यान्ड, न्युजिल्यान्ड र भारतसँग लज्जास्पद हार बेहोरेको छ।

यता, सानदार सुरुआत गरेको दक्षिण अफ्रिका पनि बलियो स्थितिमा छैन। २४६ रनको लक्ष्य पछ्याउन नसकेपछि उसले नेदरल्यान्डसँग अप्रत्याशित हार बेहोरेको थियो। तर, साबिक विजेता इंग्ल्यान्डलाई हराएर दक्षिण अफ्रिकाले सानदार पुनरागमन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी