त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले यूएईसँग खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० कार्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । नेपालले पहिलाे खेलमा यूएईलाई ७ विकेट, दाेस्राे खेलमा हङकङलाई ६ विकेट, तेस्राे खेलमा हङकङलाई ७९ रन र समूह चरणकाे पाँचाैँ खेलमा यूएईलाई ५ विकेटले हराएकाे थियाे ।

यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी