टी–२० विश्व कप छनोट : नेपालको पहिलो खेल सिङ्गापुरसँग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ कात्तिक ।  टी–२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भोलि सिङ्गापुरसँग हुने भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र  मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कप खेल्न पाउने छन् ।

नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी