विश्व कप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

भारत ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । जारी विश्व कपमा अहिलेसम्म अपराजित रहने भारत एक मात्र टोली हो ।

इङ्ल्यान्ड भने समान पाँच वटै खेलमा २ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

भारत र इङ्ल्यान्डबीच भएका पछिल्लो पाँच वटा खेलमा भारतले तीन वटा र इङ्ल्यान्डले दुई वटा खेल जितेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी