टी–२० विश्व कप छनोटका खेल आजदेखि, नेपालले सिङ्गापुरसँग खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ कार्तिक ।  आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् ।

नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।

यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी