चारदेशीय महिला टी-२०: नेपालले आयोजक हङकङको सामना गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ३० कार्तिक । नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ ।

सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुदैछ ।

बुधबार सम्पन्न खेलमा हङकङले जापानलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै अहिले जापान र तान्जानियाबिचकाे खेल जारी  ।

यस सिरिजमा नेपालले अर्को खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन्  । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन्  ।

नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर,  संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्