एनएसएलमा इलामकाे पहिलाे जित, झापालाई १–० गाेलले हरायाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 काठमाडौं, ११ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) मा स्पाेर्टिङ इलाम एफसीले पहिलाे जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वकाे दशरथ रङ्गशालामा भएकाे खेलमा इलामले झापा एफसीलाई १–० गाेलले हरायाे । खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । इलामकाे जितमा खेलकाे ८७ औँ मिनेटमा अमाथ एनडाले गाेल गरे । यसअघि ८४ औँ मिनेटमा इलामले पेनाल्टी पाउँदा अमाथले प्रहार गरेकाे बल पाेस्टभन्दा निकै माथिबाट बाहिरियाे ।

इलाम पहिलाे खेलमा काठमाण्डाै रेजर्ससँग पराजित भएकाे थियाे । झापा भने पहिलाे खेलमा पराजित भयाे । प्रतियाेगितामा भाेलि मङ्गलवार बेलुकी साढे ५ बजे एफसी चितवन र काठमाण्डाै रेजर्सबीच खेल हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी