एनएसएलमा आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर छन् ।

ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो । ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए ।

उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १–० ले पराजित गरेको थियो ।

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी