क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धि मुद्दा हेर्दाहेर्दैमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पोखरा, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धि मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।

काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आज सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए ।

त्यस्तै पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले पनि बहस गरेकी थिइन् ।

मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्। मुद्दामा सन्दीप लामिछानेका वकिलहरूले अझै बहस गर्न बाँकी छ।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाएका थिए ।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी