एनएसएलमा डिफेन्डिङ च्याम्पियन काठमाण्डाै ललितपुरसँग ३–० ले पराजित हुदै एलिमिनेटरबाटै बाहिरियाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१० पुस, काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाण्डाै रेजर्स दाेस्राे संस्करणकाे ‘नेपाल सुपर लिग’ (एनएसएल) काे एलिमिनेटरबाटै बाहिरिएकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा ललितपुर सिटी एफसीसँगकाे खेलमा काठमाण्डाै ३–० गाेलले पराजित भयाे । ललितपुरका इमाेह इजेकिलले खेलकाे ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै ललितपुर दाेस्राे क्वालिफायरमा पुगेकाे छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा पर्सि बिहीवार पाेखरा थन्डर्ससँग खेल्नेछ ।

हिजाे साेमवार भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई हराउँदै धनगढी सिटी एफसी फाइनलमा पुगेकाे थियाे । फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी