प्रधानमन्त्री कप महिला टी- २०: कर्णालीमाथि बागमती १० विकेटले विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १२ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य पछाएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि कर्णालीले पहिला ब्याटिंग गर्दै १३.४ ओभरमा अल आउट हुदै केवल ४२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौं खेलमा हार बेहोरेको छ र  प्लेअफको दौडबाट बाहिरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी