महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले क्रिकेटबाट सन्यास लिइन्

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , १८ पुस ।  नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्यास लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् । उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो ।

आफु देश छाडेर विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको उनले बताइन् । टीम छोड्दा दुख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ ।

उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी