एपीएफ र आर्मी राष्ट्रिय भलिबल प्रतियाेगिताकाे सेमिफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २३ पुस। सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

आज सोमवार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क छ ।

आजै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुग्यो । आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ । गण्डकीको ३ खेलमा ६ अङ्क छ ।

यसैगरी आजै भएका खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायाे । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी