नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २३ पुस ।  नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ ।

जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.वान पुष्टि भएको हो ।

अहिले चीन, भारतलगायत विश्वका केही देशहरूमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वानको जोखिम बढिरहेकोले आवश्यक निगरानी एवम् सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्