पीएम कप: सुदूरपश्चिमको पहिलो हार, मधेश ८० रनले विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ८ माघ ।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेशले सुदुरपश्चिमलाई ८० रनले पराजित गरेको हो । मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याउने क्रममा ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो । सुदुरपश्चिका लागि नरेन भट्टले १ सय २१ रनको शतकिय इनिङ खेलेपनि जीतका लागि प्रयाप्त भएन मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए ।

त्यसअघि पहिले व्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन जोड्यो । मधेशका लागि मयन यादवले १ सय १५ रनको इनिङ खेले । त्यस्तै अनिल शाहले ६९ र पवन सर्राफले ७० रनको योगदान दिए । सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए ।

त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा कर्णालीलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले लगातार चौथो जित दर्ता गर्न सफल भएको छ । टस जितेर ब्याटिङ रोजेको कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । त्यसअघि कर्णाली २४.२ ओभरमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

त्यस्तै भैरहवा रंशालामा भएको खेलमा एपिएफ नेपाल पुलिस क्लबसँग ५८ रनले पराजित भयो । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी