
काठमाडौं, १२ माघ । आकाश चन्दको घातक बलिङप्रेरित नेपालले आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानबाट १४६ रनको लक्ष्य पाएको छ ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमै समेटियो ।
सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।
आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन् ।
दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन् ।