नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई ७ दिने स्पष्टीकरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाइएको तारबार काटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई स्पष्टीकरण सोधेको छ ।

पूर्वजानकारी र सूचना नदिई महानगरका प्रमुख मेयर साहको निर्देशनमा विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार भत्काएपछि प्राधिकरणले शुक्रबार मेयर साहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणले महानगरको यस कार्यलाई कानुनविपरीत भएको जनाएको छ ।

प्राधिकरणका अनुसार  महानगरको वडा नम्बर ९ मा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगाइएको तारबार महानगरले बिहीबार काटिदिएको थियो ।

यसै सम्वन्धमा प्राधिकारणले मेयर साहलाई ७ दिन भित्र स्पष्टीकरण दिन चिठ्ठी काटेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी