यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १७ पुस ।  जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । 

नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो । 

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २(२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्