त्रिभुवन आर्मी क्लव आहा रारा पोखरा गोल्डकपको फाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १८ माघ ।  त्रिभुवन आर्मी क्लव आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले अग्रता कायम गरेको थियो । खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १–१ बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा खेलको ९९औँ मिनेटमा आर्मीका राशबहादुर मगरले गोल गर्दै आर्मीको जीतलाई सुनिश्चित बनाए ।

आर्मीले उपाधिका लागि शनिबार थ्रीस्टारको सामना गर्नेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्