आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३ फागुन ।  आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले एक विकेट लिए। 

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४१ दशमलब १ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो। 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए। ज्याक ब्रस्सेल र रुबिन ट्रम्पेलमनले समान २/२ विकेट लिए भने जान निकोलले एक विकेट खसाले।

नेपालले दोस्रो खेलमा पर्सि नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी