नेपालले गुजरात र बरोडाको टिमसँग टी-२० फ्रेन्डसिप कप खेल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ फागुन । नेपालले भारतको गुजरात र बरोडासँग ती -२० फ्रेन्डसिप कप खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा खेल्ने  टी-२० फ्रेन्डसिप कपको खेल तालिका सार्बजनिक गरेको हो।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

खेल तालिका अनुसार नेपालले ३१ मार्चमा गुजरातविरुद्ध खेल्ने छ भने १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुणराज, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।
       

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्