नेदरल्याण्डसले नेपाललाई दियो १२१ रनको लक्ष्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओब्र्मा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट  लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्