त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीकाे बिदाइ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

बिहीबार काठमाडौंमा राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएत क्यान पदाधिकारीहरुले नेपाली टोलीको विदाई गरेका हुन् । हङकङमा नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए । उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरुका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्