फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार ।  माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

माल्दिभ्स र नेपालबीचको खेल नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । बंगलादेशले भने माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्स बास्केटबल संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी