एपीएफलाई हराउँदै चर्च ब्वाइजले जित्याे झापा गाेल्डकपकाे उपाधि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन ।  सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेकाे छ ।

बिर्तामाेडकाे डोमालाल रङ्गशालामा आज भएकाे फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गाेलले हरायाे । पहिलाे हाफमा १ गाेल गरेकाे चर्च ब्वाइजले दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । चर्च ब्वाइजले खेलकाे ११, ७० र ८६ औँ मिनेटमा गाेल गर्‍याे

याे जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेकाे एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेकाे छ । प्रतियाेगितामा १० वटा टाेली सहभागी थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्