अब जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्छाैः स्वास्थ्यमन्त्री बस्नेत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

सिन्धुपाल्चोक, २ असार ।  स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताउनुभएको छ ।

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताउनुभयो ।

उहाले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सवै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराईने जानकारी दिनुभयो ।

चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफुले पहल गर्ने उहाले बताउनुभयो ।

मन्त्री वस्नेतललाई स्थानीय प्रतिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्