नवौं चुरे संरक्षण दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरी मनाइयाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार ।  नवौं चुरे संरक्षण दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरी मनाइएको छ ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले शनिवार स्थापनाको अवसरमा नवौं चुरे संरक्षण दिवस मनाएको हो । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदिको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

चौदण्डीगढी नगरपालिका १० स्थिती महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टार जग्गामा खयर, अमला र टिक जातको विरुवा रोपेर दिवस मनाइएको हो ।

दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझै रोपिएको छ । पुर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी