एमालेसंग मुकावला गर्न समाजवादी मोर्चा गठनको चर्चा भइरहेको छः केपी ओली

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरको च्यासलस्थीत एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताउनुभएको हो ।

उहाले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको जिकिर गर्नुभयो । ओलीले अहिले केहि दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णतर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गर्नुभयो ।

अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामू लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने उहाले बताउनुभयो । ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गर्नुभयो ।

ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिना प्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको दावी गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्