नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं , ३ वैशाख ।  साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। 

सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो। हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै ११७ रन बनायो। 

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ३ चौक र ३ छक्का प्रहार गरे।

यस्तै, कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए। पहिलो विकेटको लागि आशिफ र कुशलले ७० रनको साझेदारी गरेका थिए।

कप्तान रोहितकुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे। हङकङका इशान खान र यासिम मुर्तजाले १/१ विकेट लिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्