कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्छः पूर्वप्रधानन्यायाधिश कार्की

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार । पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरि कमाएर बस्ने प्रवृति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताउनुभएको हो ।

राजनीतिमा गएर जुका जस्तो टासिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उहाको भनाइ छ । उहाले गरिव जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिईरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्