
काठमाडौं, असोज १ । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले संकटा क्लवलाई पराजित गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एपिएफलाई जित दिलाउन सरु लिम्वुले खेलको १३ औ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४ औं मिनेटमा गोल गरेकी थिइन् । जितसंगै ६ खेलमा १६ अंक जोड्दै एपिएफ तालिको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको ५ अंक रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।