बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छ : मन्त्री ज्वाला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ,  ३ असार । सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जनाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको र केहिको ज्यान गएको प्रारम्भीक जानकारी प्राप्त भएको भन्दै बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेको उहाले बताउनुभयो । उहाले पाँचथर र ताप्लेजुङ जोड्ने पुल बगाएको, अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको, मेची राजमार्गको पाङ्गेभिरमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

बाढी र पहिरोका कारण अवरुद्ध सडकहरुलाई सूचारु गर्नका लागि प्रयास भइरहेको उहाले बताउनुभयो ।

मन्त्री ज्वालाले भिषण बाढी पहिरोले सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्