काठमाडौँको वायु प्रदूषण रोक्न सरकारले आवश्यक निर्णय गर्छ – कावा प्रधानमन्त्री सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत्र २१ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताउनुभएको छ ।

बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगाएत बिज्ञहरुसंग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको हो । उहाले सरकारले अरु निकायहरुसंग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गर्नुभयो । बैठकमा वन मन्त्रालयमा प्रतिनिधिहरुले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरि सातामा दुई दिन विदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले सवैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गर्नुभयो ।

छलफलमा सरोकारवालाहरुले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायी लगाएत सरोकारवाला मन्त्रालयको उपस्थीति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्