बाढी पहिरो अपडेट : ४ जनाको मृत्यु, २८ जना अझै बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३ असार । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभामा एक जना र भोजपुरमा एक जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना रहेका छन्।

पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा भएका बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रदेश प्रहरीले जानाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ। मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ मा हेवा खोलामा निर्माणधिन सुपर हेँवा हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएका छन्। तीन जना घाइते कामदारको उद्दार भएको थियो।

अन्य कामदार अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्यका लागि जिल्लामा प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्