‘१९० तोला सुनको स्रोत नखोज्ने, हाम्रो स्टकोटको हिसाब खोज्ने?’ ओलीको आक्रोश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पे, ‘यो सरकारले प्रतिबन्ध लगायो । मलाई गिरफ्तार गर्‍यो, रमेश लेखकलाई गर्‍यो, अरू नेताहरूलाई गिरफ्तार गर्न थाल्यो ।

झुटा मुद्दा लगाउने कोसिस गरे । अर्को जान्नेलाई छान्ने भन्यो, भएका जान्नेहरू सबै निकाल्यो अनि फेरि आफ्नालाई नियुक्ति गर्‍यो ।’

उनले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगमाथि चर्को असन्तुष्टि जनाए । उनले भने, ‘तथाकथित आयोग बनाएको रे । छानिछानी मुद्दा लगाउनको लागि, उनीहरूलाई मुद्दा नै नलाग्ने कानुन बनाएको छ, न्यायाधीशलाई मुद्दा नलाग्ने । सेनालाई मुद्दा नलाग्ने । आफ्ना नातागोतालाई पनि मुद्दा नलाग्ने । १९० तोला सुनको पनि खोजबिन गर्न नपाइने । हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको छ भनेर सोध्ने ? यो स्टकोट कहाँबाट आयो ? कुन टेलरले सिलाएको ? धागो कहाँबाट ल्याइयो ? मेसिनले सिलाइसक्यो कि हातले सिलाइसक्यो ? भनेर खोज्ने ?’

उनले सुनसरीमा सरकारले आफैँ साम्प्रदायिक विद्वेष भड्काएको आरोप लगाए । उनले थपे, ‘आफैँ विद्वेष, झगडा लगाउन खोज्ने । गोलबजार, सुनसरीमा विभिन्न किसिमको हिंसा भड्काइयो। आफ्ना कार्यकर्ता भेला गरेर फेरि एउटा सम्झौता गरेर अनि आन्दोलन साम्य पारे ।’

उनले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्