युइएफए नेसन्स लिगको उपाधी स्पेनलाई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ असार । स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुदैँ लिग च्याम्पियनको उपाधी हासिल गर्न सफल भएको हो ।  यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी