काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ तीन वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ,  ४ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाण्डाै–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) काे निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाण्डाै–तराई द्रुत मार्गकाे निर्माण २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसहित द्रुत मार्गकाे निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले सङ्घीयअन्तर्गतका सडकहरूमा पाँच लाख रुपैयाँमात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताउनुभयो । बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदा हुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले प्रत्येक सडकमा पाँच लाख रुपैयाँ विनियोजन भएर आएको उहाँकाे भनाइ छ ।

यस्तै मन्त्री ज्वालाले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट सन्तुलित रहेको दाबी गर्नुभयाे । उहाँले बाहिर चर्चा भएजस्तो सल्यानमा धेरै बजेट नगएको बताउनुभयो । मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्