बाढीपहिरो प्रभावित क्षेत्रमा तिव्रगतिमा राहत र उद्दारको काम हुन्छः प्रधानमन्त्री ‘प्रचण्ड’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुने बताउनु भएको छ ।

पुर्वी नेपालको बाढीपहिरो प्रभावित जिल्लाहरुको अवलोकन गर्ने क्रममा संखुवासभा पुग्नु भएका प्रधानमन्त्री ‘प्रचण्डले  उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयम्सेवी संघसंस्थालाई अपील पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अविरल वर्षका कारण बाढी पहिरोले संखुवासभा,पाँचथर र ताप्लेजुङमा ठूलो क्षति भएको भन्दै राहत र उद्दारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता पनि जनाउनु भयो ।

प्रधानमन्त्री दाहालले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो ।

अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी