समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा ( तस्बिरहरू )

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ असार । माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको घोषणा भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा चारदलका शीर्ष नेता सहभागी कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो ।

समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेर घोषणा गरिएको हो ।

सहमति पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गर्नुभएको छ ।

मोर्चा घोषणासँगै १५ बुँदे नीतिगत प्रतिवद्धता पनि जारी भएको छ । कांग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको नेताहरुले बताएका छन् । प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन् ।

चार दलको मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुग्ने छ । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गरिएको नेताहरुको भनाइ छ ।

तस्बिर (न्युज कारखाना )

   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्