स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नका लागि आयातित कृषिबस्तुमा कर लगाइएको हाेः अर्थमन्त्री महत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नका लागि आयातित कृषिबस्तुमा कर लगाइएको बताउनुभएको छ ।

सोमबार विराटनगरमा मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आन्तरिक उत्पादन बढाउदै आयातित वस्तुको प्रयोगलाई न्यूनिकरण गर्नका लागि आयातित कृषिबस्तुमा कर लगाइएको बताउनुभएको हो ।

उहाले मुलुकको अर्थतन्त्रमा समस्याहरु रहेको भन्दै अर्थतन्त्र सुधारका लागि गरिएका प्रतिवद्धताबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । अहिलेको अवस्थामा पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता रहेको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उहाले बताउनुभयो ।

पूर्वपश्चिम विस्तार सडक र उत्तर–दक्षिणको सडक निर्माणले पूर्वी क्षेत्रको कायापलट हुने विश्वास रहेको उहाको भनाइ छ ।

उहाले अहिलेको प्रणालीलाइ रुपान्तरण गर्ने गरि इमान्दारीपूर्वक बजेट तयार गरेको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी