भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, ११ जनाको उद्धार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । केही पर्यटक वेपत्ता रहेका र उनीहरुको खोजी कार्य भइरहेको छ । ११ जनाको उद्दार गरिएको छ । ठूलो वर्षाका कारण उद्धार कार्य निक्कै कठिन भएको छ ।

भियतनामको उत्तरी भागमा पर्ने लोकप्रिय पर्यटकीय गन्तव्य हा लङ बेमा डुङ्गा दुर्घटना भएको हो । ज्यान गुमाउने धेरैजसो राजधानी हनोईबाट घुम्न आएका भियतनामी परिवार रहेका बीबीसीले जनाएको छ ।

५३ जना चढेको वन्डर सीज नामक जहाज अचानक आँधी आएपछि पल्टिएको भियतनामी सीमा गार्ड र नौसेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्