सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी बझाङमा दुर्घटना, ६ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बझाङ,  ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङकाे केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

धनगढीबाट बझाङका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेकाे हाे  ।

दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएकाे छ ।

उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ । घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी