निर्माणाधीन संघीय संसद भवनको बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भिर छौं -उपप्रधानमन्त्री सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, साउन २३ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भीरताका साथ लागेको बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा सिंहले नयाँ संसद भवन बनाउने क्रममा भएका कमीकमजोरीलाई सुधार गर्दै बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भीरताका साथ लागेको बताउनुभएको हो ।

संसद भवन निर्माणको काम समयमा हुन नसकेको तथ्य खुला रुपमा नै रहेको अवस्थमा आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सम्बन्धीत व्यक्तिहरुसंग पटक पटक छलफल गरिरहेको उहाले बताउनुभयो । सिंहले समयमा सम्पन्न नभएकाले अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्ने उहाको भनाइ छ ।

समिति सभापति ठाकुर गैरेले पहिलो चरणमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमात्रै सञ्चालन गर्नका लागि भएपनि पूर्वाधार तयार पार्न सुझाव दिनुभयो । निर्माण कम्पनीका तर्फबाट आएका गुनासाहरुलाई समाधान गर्न समेत उहाले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सभापति गैरेले अवको एकमहिनाभित्र निर्माणाधीन संघीय संसद भवनको निरिक्षण गरिने जानकारी दिनुभयो । बैठकमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संसद भवन निर्माणको हालको कार्यतालिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्