निलम्बनमा पर्दा सन्दिपले अन्तिम दुई खेल खेल्न पाएन- क्यान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असोज १५ । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्